नेपाल चेम्बर अफ कमर्सद्वारा राजावादी प्रदर्शनका नाममा भएको हिंसात्मक घटनाप्रति आपत्ति

spot_img

काठमाडौं – नेपाल चेम्बर अफ कमर्सले गत शुक्रबार राजावादी प्रदर्शनका क्रममा निजी तथा सार्वजनिक सम्पत्ति, सञ्चारगृहमा भएको तोडफोड, आगजनी र लुटपाटप्रति कडा आपत्ति जनाएको छ।

काठमाडौंको बानेश्वर, तीनकुने, कोटेश्वरलगायतका क्षेत्रमा प्रदर्शनका नाममा भएको हिंसात्मक घटनाले गम्भीर असर पु¥याएको भन्दै चेम्बरले यसको विरोध गरेको हो।

चेम्बरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “गत शुक्रबार भएको प्रदर्शनका क्रममा दुई युवाको दुःखद निधन भएको छ। साथै, पत्रकारसहित अन्य व्यक्तिहरू प्रभावित भएका छन् भने सार्वजनिक र निजी गरी थुप्रै भौतिक सम्पत्ति र सञ्चारगृहमा क्षति पुगेको छ।”

चेम्बर अफ कमर्सले यस्ता हिंसात्मक घटनाको घोर निन्दा गर्दै पीडितहरूलाई उचित क्षतिपूर्ति दिन सरकारसमक्ष माग गरेको छ। साथै, आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

हामी संग जोडिन हाम्रो फेसबूक पेज लाइक गरिदिनु होला र नयाँ नयाँ कानून सम्बन्धी जानकरी र समाचार थाहा पाउनको लागि तल दायाँ पट्टी रहेको bell icon मा click गरी subscribe गरिदिनुहोला।

सम्बन्धित

सिरहामा दलितमाथि विभेद प्रकरण: गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष धरौटीमा रिहा

सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञका क्रममा दलितमाथि भएको विभेद र ज्यादती...

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत: कागजविहीन अदालततर्फको यात्रा सुरु

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले कागजविहीन अदालततर्फको यात्रामा नेपाल अगाडि बढिसकेको बताएका...

सिरहाको औरहीमा जातीय विभेद प्रकरण : अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाइयो

सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञका नाममा भएको जातीय विभेद घटनाको अनुसन्धान...

ताजा अपडेट