काठमाडौंको तीनकुनेमा कर्फ्यु लगाउने तयारी, प्रशासनको कडा सुरक्षा प्रबन्ध

spot_img

काठमाडौं जिल्ला प्रशासन कार्यालयले काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु लगाउने तयारी गरेको छ। पूर्वराजाका समर्थकहरूद्वारा आयोजित प्रदर्शन हिंसात्मक बनेपछि प्रशासनले स्थिति नियन्त्रण गर्न कर्फ्यु लगाउने निर्णय गरेको हो।

तीनकुने क्षेत्रमा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीहरू अराजक बन्दै हिंसात्मक गतिविधिमा संलग्न भएका थिए। प्रदर्शनका क्रममा उनीहरूले सरकारी तथा निजी सम्पत्तिमा तोडफोड गर्नुका साथै सर्वसाधारणको घर र पसलहरूमा आगजनी गरेका थिए। सार्वजनिक सम्पत्तिमा समेत क्षति पु¥याइएको भन्दै प्रशासनले कर्फ्यु लगाएर सुरक्षा व्यवस्था कडा पार्ने तयारी गरेको छ।

प्रहरीले प्रदर्शन नियन्त्रण गर्न अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज गरेको छ। यद्यपि, स्थिति अझै नियन्त्रणभन्दा बाहिर जान सक्ने आँकलन गर्दै जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेशको तयारी गरिरहेको छ।

सुरक्षाकर्मीहरूले माइकिङ गर्दै केही बेरमा कर्फ्यु आदेश जारी हुने जानकारी दिँदै सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिरहेका छन्। प्रहरीले सम्भावित हिंसात्मक गतिविधि रोक्न प्रमुख चोक तथा संवेदनशील क्षेत्रहरूमा थप सुरक्षाकर्मी परिचालन गरिसकेको छ।

प्रशासनले कर्फ्युको विस्तृत जानकारी केही समयमा सार्वजनिक गर्ने बताएको छ। हिंसात्मक गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउन प्रशासनले कडा कदम चाल्ने चेतावनी पनि दिएको छ।

हामी संग जोडिन हाम्रो फेसबूक पेज लाइक गरिदिनु होला र नयाँ नयाँ कानून सम्बन्धी जानकरी र समाचार थाहा पाउनको लागि तल दायाँ पट्टी रहेको bell icon मा click गरी subscribe गरिदिनुहोला।

सम्बन्धित

नेपाल चेम्बर अफ कमर्सद्वारा राजावादी प्रदर्शनका नाममा भएको हिंसात्मक घटनाप्रति आपत्ति

काठमाडौं – नेपाल चेम्बर अफ कमर्सले गत शुक्रबार राजावादी प्रदर्शनका क्रममा...

सिरहामा दलितमाथि विभेद प्रकरण: गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष धरौटीमा रिहा

सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञका क्रममा दलितमाथि भएको विभेद र ज्यादती...

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत: कागजविहीन अदालततर्फको यात्रा सुरु

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले कागजविहीन अदालततर्फको यात्रामा नेपाल अगाडि बढिसकेको बताएका...

ताजा अपडेट