सर्वोच्च अदालतद्वारा ऊर्जामन्त्रीले गठन गरेको रोकथाम समितिलाई काम नगर्न अन्तरिम आदेश जारी

spot_img

सर्वोच्च अदालतले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको संयोजकत्वमा गठित समितिलाई काम गर्न नदिन अन्तरिम आदेश जारी गरेको छ । अधिवक्ता खादानन्द कँडेलले मन्त्रीले कानून उल्लङ्घन गरी समिति गठन गरेको जिकिर गर्दै दायर गरेको रिटमा न्यायाधीश शरगङ्गा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले अन्तरिम आदेश दिएको हो ।

मन्त्री खड्काले गत मङ्सिर २ गते उद्योगको भुक्तानीको विवाद समाधान गर्न योजना आयोगका पूर्वअध्यक्ष अरविन्द मिश्रको अध्यक्षतामा श्रीरामराज पाण्डे र सिए सुजनकुमार काफ्लेले सदस्य रहेको समिति गठन गरेका थिए ।

समितिलाई डेडिकेटेड र ट्रंक लाइन सेवा भए पनि बक्यौता नतिरेका उद्योगहरूको नेपाल विद्युत प्राधिकरणले जारी गरेको बिल प्रमाणीकरण गर्ने जिम्मेवारी दिइएको थियो। सर्वोच्चको अन्तरिम आदेशपछि समितिले औपचारिक रुपमा काम गर्न सक्ने छैन ।

हामी संग जोडिन हाम्रो फेसबूक पेज लाइक गरिदिनु होला र नयाँ नयाँ कानून सम्बन्धी जानकरी र समाचार थाहा पाउनको लागि तल दायाँ पट्टी रहेको bell icon मा click गरी subscribe गरिदिनुहोला।

सम्बन्धित

विद्युत् प्राधिकरण कार्यकारी नियुक्ति विवाद

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा निवर्तमान कार्यकारी निर्देशक कुलमान...

सर्वोच्च अदालतको आदेश: पाथीभरा केबलकार निर्माण कार्य यथास्थितिमा रोकियो

ताप्लेजुङको प्रसिद्ध धार्मिक गन्तव्य पाथीभरा दर्शन केबलकार निर्माणमा हालसम्म भएका कामकारबाही...

कुलमान घिसिङको बर्खास्तीविरुद्ध सर्वोच्च अदालतमा सुनुवाइ सुरु

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङले सर्वोच्च...

ताजा अपडेट